काठमाडौं । प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाह र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच बिहीबार बिहान शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
दुई दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आएका विदेश सचिव मिश्रीले आफ्नो उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिँदै प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्।
भेटका क्रममा भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिमा निरन्तर सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
त्यसैगरी, दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार तथा सांस्कृतिक सम्बन्धका विभिन्न पक्षमा सकारात्मक छलफल भएको जनाइएको छ।
भारतीय विदेश सचिवको यस भ्रमणलाई नेपाल–भारत सम्बन्धमा महत्वपूर्ण मानिएको छ। दुई देशबीचका बाँकी विषयमा समझदारी निर्माण गर्न र उच्चस्तरीय संवादलाई निरन्तरता दिन यस्ता भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने कूटनीतिक क्षेत्रका जानकारहरूको बुझाइ छ।

















