कृपा संवाददाता
कलैया – प्रहरीले अहिले कम्मर कसेर अबैध घरेलु मदिरा भट्टी नष्ट गर्ने कार्यलाई तिब्रता दिएका छन् । ईलाका प्रहरी कार्यालय कोल्हवी, प्रहरी चौकी मधुवन, पथलैया लगायतको प्रहरीले अबैध रुपमा उत्पादन गर्ने घरेलु मदिरा भट्टी नष्ट गरेको हो ।

 

 

 

 

एकैसाथ बाराका प्रहरी टोलीले जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका , कोल्हवी नगरपालिका , करैयामाई गाउँपालिका लगायत अन्य विभिन्न स्थानहरूबाट अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरू खोजतलास गरी नष्ट गरेको बारे जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए ।

 

 

 

बारामा आईतबार मात्र विभिन्न स्थानमा रहेको ८ वटा अबैध भट्टी नष्ट गरेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जनाए । त्यसैगरी अवैध भट्टीबाट तिन हजार कच्चा पदार्थ तथा एक सय लिटर तयारी मदिरा नष्ट गरिएको बताए ।

 

 

 

त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतबाट खटिएको टोलीले विशेष सुचनाको आधारमा बिरगंज महानगरपालिकाको विभिन्न स्थानबाट अवैध रुपमा संचालन गरेको भट्टीहरुबाट सात सय ७९ लिटर अवैध तयारी मदिरा बरामद गरी नष्ट गरेको हो । साथै एक सय ६० लिटर कच्चा पदार्थ र ४ वटा भट्टी समेत नियन्त्रणमा लिई स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको बारे जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिए ।

Leave a Reply