निजगढ,राप्रपाको महिला भगिनी संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाराको मंगलवार भएको जिल्ला भेलाले सीता चौधरीको अध्यक्षतामा ३१ सदस्य जिल्ला समिति चयन गरेको छ ।

निजगढमा भएको भेलाले नयाँ कार्यसमिति चयन गरको हो । समितिको उपाध्यक्षमा रेणु राउत, सचिवमा सीता गौतम र सदस्यहरुमा गंगा नेपाली, भेषकुमारी श्रेष्ठ, दानकुमारी थापा, हेमकुमारी रिमाल, दुर्गा देबी कार्की, सुविना राना मगर, अञ्जली थापा मगर, गौरी लामिछाने चयन हुनु भएको राप्रपा निजगढ नगर समितिका अध्यक्ष खडकप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अध्यक्ष गिरिधारीप्रसाद चौधरीको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन केन्द्रीय अध्यक्ष अञ्जना शाह रावल, राप्रपाका सहमहामन्त्री मोहन यादव, केन्द्रीय सदस्य विनोदकुमार भारती, पूर्वकेन्द्रीय सदस्य सावित्रीदेवी भारती, राप्रपा क्षेत्र नम्बर १ क का अध्यक्ष भक्त दर्लामीलगायत जिल्ला, क्षेत्र र नगर समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन युवा संगठनकी केन्द्रीय सदस्य सुष्मा बस्नेत तथा स्वागत मन्तव्य पूर्वकेन्द्रीय सदस्य सावित्री भारतीले गर्नुभएको थियो ।
त्यसैगरी गिता भट्टराईको अध्यक्षतामा २७ सदस्यीय निजगढ नगर कार्यसमिति चयन भएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको मंगलवार भएको निजगढ नगर भेलाले भट्टराईको अध्यक्षतामा नगर समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा विष्णु तिमल्सिना, रेजिना सापकोटा, रामाकुमारी दाहाल, सचिवमा उमा रेग्मी, कोषाध्यक्षमा दिलमाया पूर्वाछाने मगर, सहसचिवमा सविता सापकोटा, सहकोषाध्यक्षमा अनिता धामी र सदस्यहरुमा पार्वती राई, बसन्ती बडाल, शर्मिला खुलाल, गिता राई, फुलमाया रुम्बा, डोल्मा लामा, लीला राउत, पार्वती सापकोटा, रेजिना खुलाललगायत रहेका छन ।


















