कलैया,राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको विरोधमा बाराको प्रसौनी र परवानीपुर बजारमा प्रदर्शन भएको छ ।

प्रसौनी बजारमा लोसपा नेपालका नेता तथा कार्यकर्ताले राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ताको विरुद्धमा प्रदर्शन तथा कोण सभा गरेका हुन । लोसपा नेपालका प्रसौनी गाउँपालिका अध्यक्ष भोला गुप्ताको अध्यक्षतामा भएको कोण सभामा लोसपाका नेता प्रमोद साह, सुरेश गुप्ता, सत्यनारायाण साह लगायतले सम्बोधन गर्नुभएको थियो । कोण सभा कार्यक्रमको सञ्चालन लोसपाका युवा नेता रमेश सरार्फले गर्नुभएको थियो ।

यस्तै राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ताको विरुद्धमा बाराको परवानीपुर बजारमा पनि प्रदर्शन गर्नुका साथै कोणसभा गरिएको छ । लोसपा नेपाल परवानीपुर गाउँपालिकाका अध्यक्ष जगत नारायण महतोको अध्यक्षतामा भएको कार्यक्रममा लोसपाका नेता आत्माराम साह, मुकेश रौनियार, गम्भीरा पटेल, सन्त यादव लगायतले सम्बोधन गर्नुभएको थियो ।

पर्सा कांग्रेसव्दारा राजिनामा माग

वीरगन्ज,नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमिति लगायतले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ ।

नागरिकता विधेयक संसदमा फिर्ता पठाएको विरोधमा नेपाली कांग्रेस पर्साले राष्ट्रपतिको राजीनामा माग गर्दै वीरगन्ज नगर परिक्रममा गरेको हो ।

मंगलवार नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति मो.सहाबुद्दीनको नेतृत्वमा बिरोध र्याली निकालिएको हो । नगर परिक्रमापछि र्याली घण्टाघरमा पुगेर कोणसाभा परिणत भएको थियो ।

सार्वभौमसत्ता सम्पन्न संसदबाट पास भई प्रमाणीकरणका लागि पठाइएको विधेयक विभिन्न अराजनीतिक बहाना र प्रपञ्च देखाई प्रमाणीकरण बिना प्रतिनिधि सभामा फिर्ता पठाएको भन्दै बिरोध गरिएको हो । कांग्रेशले राष्ट्रपतिको कदमलाई नागरिकता विहीन नेपाली जनता माथिको अपमानको संज्ञा दिएको छ ।

राष्ट्रपति भण्डारीले पटक पटक राजनीतिक पूर्वाग्रहपूर्ण व्यवहार तथा निर्णयहरू गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ । विरोध कार्यक्रममा मधेस प्रदेशको ऊर्जा तथा खाने पानी मन्त्री ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका पर्साका उपसभापति रामनारायण कुर्मी, नेपाली कांग्रेस पर्साका उपसभापति अशोक कुमार गुप्ता, सहसचिव मदन राउत अहिर, मधेश प्रदेश कार्यसमिति सदश्य लोकनारायण महाधिवेशन प्रतिनिधिहरू ओमकृष्ण लमिछाने, नरेन्द्र शाह लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply