वीरगन्ज – वीरगन्ज महानगरपालिकाद्धारा वडा नम्बर २२मा सुनौलो १००० दिन कार्यक्रमको आयोजना गरिएको छ ।बिरगंज महानगरपालिका बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गत सुनौलो १००० दिनका ५३ जना महिलाहरुलाई १५०थान मेवाको वर्ना वितरण गर्दै पोषण तत्वको आवश्यकता बारे तालिम प्रदान गरिएको छ ।

 

 

 

 

 

 

बुधबार विहान वडा नम्बर २२को मनियारीमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले बच्चाहरुको बौद्धिक विकासको लागी पोषण तत्वमा ध्यान पुर्याउनु सहभागीहरुलाई अनुरोध गर्नुभयो । उहाले गर्भदेखि बच्चा जन्मेको २२बर्षसम्ममा मुख्य विकास हुने भएकोले गर्भवती महिला र जन्मेको बच्चाहरुको पोषणतत्वमा ध्यान पुर्याउन आवश्यक भएको बताउनु भयो ।

 

 

 

 

 

 

वडा अध्यक्ष ग्यासुदिन मियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उर्मीला श्रेष्ठ र ओमप्रकाश रामले मेवाको बेर्ना रोपने तरिका र त्यसको जातीय बिशेषताको बारेमा जानकारी गराउनु भएको थियो । मनियारी जगर्नाथपुरमा रहेका सम्पुर्ण गर्भवती महिलालाई चाहिने पोषण तत्वको आवश्कतालाई ख्याल गर्दै सबैलाई उनन्त खालका फलफुल दिने र आगनमा समेत लगाउन सक्ने मेवाको बिरुवा सबैलाई प्रदान गरिएको थियो  ।

 

 

 

 

 

 

उक्त कार्यक्रममा स्वस्थ्यमहा शाखाका प्रमुख अरुण महतो , खानेपानी शाखा प्रमुख सुनिल श्रीवासतव लगायत कृषि तथा पशुपंछी व्यवसाय प्रबद्धन महाशाखाका  कर्मचारी उपस्थित रहेको थियो ।

Leave a Reply