कृष्ण मोहन साह

सेढवा,१९ औ राष्ट्रिय धान दिवसको अवसरमा पर्साको जिराभवानी गाउँपालिका धान रोपाइ कार्यक्रम सम्पन्न भएको छ ।

पर्सा क्षेत्र नम्बर चार क का प्रदेश सभा सदस्य शंकरप्रसाद चौधरीको प्रमुख आतिथ्य तथा जिराभवानी गाउँपालिका अध्यक्ष अनोज चौधरीको सभापतित्वमा समपन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रेखा चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष रामशरण ख्वास, ३ का वडा अध्यक्ष सुरज राय ४ का वडा अध्यक्ष राजेशवर ख्वास, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शफिकुल अन्सारी, योजना शाखा प्रमुख जितेन्द्र मिश्रा कार्यापालिका सदस्य र सन्चारकर्मीहरुको पनि सहभागिता रहेको गाउँपालिकाका कृषि शाखा प्रमुख क्षेत्रबदाहुर साहले जानकारी दिनुभयो ।

‘धान बालिमा जैविक विविधता को उपभोग, आयत प्रतिस्थापनमा सहयोग’ भन्ने मुल नाराका साथ धान रोपाइ कार्यक्रम सम्पन्न भएको कृषि शाखा प्रमुख साहलेले जानकारी दिनुभयो ।

Leave a Reply