सिमरा,उदयपुरकमा ट्रक दुर्घटना हुँदा बाराको पथलैयाका चार जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा ट्रकका चालक जीतपुरसिमरा उपमहानगरपालिका– १ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
कटारी नगरपालिका–१४ भदौरेमा आइतवार राति ट्रक दुर्घटना हुँदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो । मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बु जाँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा दुर्घटना भएको थियो । राति करिब २ः३० बजेतिर ट्रक सडकबाट एक सय मिटरजति तल खसेको थियो ।