राजकुमार यादव

मौलापुर,नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता मधेश प्रदेश सदस्य तथा वाईसीएलका प्रदेश ईन्चार्ज शंकर महतोसहित दर्जनौं नेता एमालेमा प्रवेश गरेका छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख उपस्थिति तथा पार्टी महासचिव एवं पूर्वमुख्यमन्त्री शंकर पोखरेलको विशेष उपस्थितिमा मंगलवार केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सदस्य तथा वाईसीएलका प्रदेश ईन्चार्ज महतोको नेतृत्वमा रोशन गौतम, अञ्जित कुशवाहा, निरज अधिकारी, मनोजकुमार कुशवाहा लगायतका दर्जनौं जिम्मेवार नेताहरुसहित माओवादी केन्द्र, नेपाली कांग्रेस र लोसपा लगायतका विभिन्न पार्टी परित्याग गरी ठुल्लो संख्यामा नेकपा एमालेमा औपचारिक रुपले प्रवेश गरेका हुन् ।

नवप्रेशीहरुलाई पार्टी अध्यक्ष ओलीले टिका र खादा लगाएर एमालेमा स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here