नरेश गुप्ता
बरियारपुर,आदर्शकोतवाल वडा नम्बर ६ का वडा अध्यक्ष राजुप्रसाद गुप्ता बारा जिल्लामा सबैभन्दा कम उमेरमा निर्वाचित हुने वडा अध्यक्ष बन्नुभएको छ । हालै सम्पन्न निर्वाचनमा २४ बर्षिय गुप्ता माओवादी केन्द्रबाट आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
उहाँले निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका मधुसुदन जैसवाललाई २ मतको झिनो अन्तरमा पराजित गर्नुभएको थियो । गुप्ताले ४२९ मत ल्याउनुभएको थियो भने निबर्तमान वडा अध्यक्ष जैसवालले ४२७ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी लोसपा नेपालबाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएका सहत राम मौर्याले ३७५ र नेकपा एमालेका शिवनाथ प्रसादले ३३९ मत प्राप्त गर्नुभएको थियो । सो वडाका अन्य वडा सदस्यहरु भने कांग्रेसबाट निर्वाचित भएका छन ।