सेढवा,ठोरी गाउँपालिकाको आगामी नीति तथा कार्यक्रममा शिक्षा, कृषि र पर्यटन प्रवद्र्धनका निमित्त विशेष कार्यक्रम ल्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।ठोरीको आमुल परिवर्तनका निमित्त शिक्षा, कृषि र पर्यटन क्षेत्रमा पालिकाले प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्नेमा सरोकारवालाहरुको जोड दिएका हुन ।

बिहीवार ठोरी गाउँपालिकाद्वारा आयोजित आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रमको लागि सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले भौतिक विकाससंगै चेतना परिवर्तनका निमित्त पनि गापाले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव व्यक्त गरे ।ठोरी गापाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठोरीका गाउँ कार्यपालिका सदस्य जिल्ला समन्वय समितिका पूर्वउपप्रमुख लगायतको उपस्थिति थियो ।

सहभागीको सुझाव पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष रेग्मीले आगामी दिनमा आफ्नो नेतृत्वमा अन्तरपार्टी सन्जाल गठन हुने घोषणा गर्नुभयो । सबैको चाहना समृद्ध ठोरी नै भएको बताउँदै उपाध्यक्ष रेग्मीले पालिकाको नेतृत्व गर्दा कतै न कतै त्रुटी भएको स्वीकार गर्नुभयो ।आगामी दिनमा त्रुटी सच्याएर अघि बढ्ने र कार्यक्रमबाट प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने उहाँको प्रतिबद्धता थियो ।

Leave a Reply