बिदुर खडका
डुमरवाना,नेपाल सरकारले औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरहरुको न्युनतम पारिश्रमिक (ज्याला) मासिक १७ हजार ३ सय पु¥याएपछि मजदुरहरुमा खुसियाली छाएको छ ।विगतमा मजदुरहरुको न्युनतम पारिश्रमिक मासिक १५ हजार रहेको थियो भने हाल २ हजार ३ सयले वृद्धि गरि १७ हजार ३ सय पु¥याइएको हो । तर यता उद्योगीहरुले भने मजदुरको ज्याला दर वृद्धिप्रति आफुहरुसंग छलफल नै नगरी ज्याला दर बृद्धि गरेको भन्दै असमति जनाएका छन ।ज्याला वृद्धिमा असन्तुष्टि जनाउने उद्योगी र रोजगारदाताहरुले वृद्धि भएको पारिश्रमिक ज्याला प्रदान गर्न आनाकानी गरे कानुन अनुसार कारबाही गरिने नेपाल औद्योगिक मजदुर संघका राष्ट्रिय अध्यक्ष बेनी तिमल्सेना बताउनुहुन्छ ।


















