पोखरिया,पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिकामा अवस्थित पोखरिया अस्पतालको स्तरोन्नति गर्न ५ वर्षअघि भएको निर्णय अझै कार्यान्वयन नभएपछि स्थानीय चिन्तित बनेका छन ।

पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नति गर्न मधेस प्रदेश सरकार र सङ्घीय सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदैआएको भएपनि हालसम्म कार्यान्वयन हुन नसकेपछि स्थानीय नेता र जनप्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका छन् ।
स्थानीय नेता नेजामुदिन अन्सारीकाअनुसार यो प्रकरणले सरकारका मन्त्री र कर्मचारीहरूको ढिलासुस्ति प्रवृत्ति र प्रक्रियागत कमजोरीलाई उजागर गरेको छ । “हाम्रो देशको मन्त्रालयहरूको काम गर्ने तरिका र स्पिड यसले स्पष्ट पारेको । उहाँले भन्नुभयो ।मधेस प्रदेश सरकारले २०७६ सालको चैत २८ गते पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको थियो । सो निर्णयलाई कार्यान्वयन गर्नका लागि मधेस प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको र त्यसपछि विभिन्न मितिमा उक्त प्रस्ताव सङ्घीय मन्त्रीपरिषद्, स्वास्थ्य मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयबीच पत्राचार हुँदै आएको भएपनिउक्त निर्णय हालसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन ।

Leave a Reply