निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संघठन राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन गठन गरिएको छ ।

शुक्रवार भएको भेलाले शम्भु थापामगरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो । समितिको सचिवमा किशोर बुढाथोकी, कोषाध्यक्ष भूमिध्वज खड्का, सहसचिव लालबहादुर तामाङ रहनुभएको छ ।

भेलामा राप्रपा केन्द्रीय सदस्य बिनोद भारती, राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनका केन्द्रीय सदस्य निर्मल खड्का, पार्टीको बारा क्षेत्र नम्बर १ क का प्रदेश अध्यक्ष भक्त दर्लामी, निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य भारतीले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी जस्ता ठूला पार्टीले देशको धर्म, संस्कृति र अर्थतन्त्रलाई समेत ध्वस्त पार्न लागेकोले देश जोगाउने जिम्मा राप्रपाको काँधमा आएको बताउनुभयो ।

स्थानीय किसान केशरबहादुर कुँवरको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन केशवबहादुर राउतले गर्नुभएको थियो ।

Leave a Reply