पुष्पराज खतिवडा

मनहर्वा,यूवा तथा खेलकुद मन्त्री महेश्वरसिंह गहतराजले खेलकुद क्षेत्रको विकास गरेर राष्ट्रको आम्दानी बढाउन सकिने बताउनुभएको छ । बिहिवार बाराको सिमरा रंगशालाको निरीक्षण पश्चात आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री गहतराजले सो कुरा बताउनुभएको हो ।

खेलकुदको माध्यमबाट पनि आर्थिक उपलब्ध हासिल गर्न सकिने शंभावनातर्फ का सिंहदवारको भने अझै ध्यान नपुगेको उहाँले बताउनुभयो । ‘खेलकुद क्षेत्रमा हामी गम्भीर हुुन सकेनौंभने पछि पछुतानु पर्ने छ,’ उहाँले भन्नुभयो त्यसैले खेलकुदको विकासमा लगानी गर्न राज्यले कन्जुस्याइ गर्न हुदैन ।’ देशको महत्वपूर्ण अर्थतन्त्रको रुपमा विकास गर्न खेलकुद क्षेत्रमा लगानी बढाउनु पर्ने उहाँको भनाइ थियो । दक्षिण कोरियाको रेमिट्यान्सको सबैभन्दा बलियो आधार खेलकुद र खेलाडी भएको भन्दै उहाँलेकोरियामा ग्रासरुटबाटै खेलको विकास गर्ने गरी त्यहाँको सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरेकाले सफलता पाएको बताउनुभयो । नेपालमा पनि खेलकुदलाई प्राथमिकतामा राखेर अघिबढ्नु पर्ने मन्त्री गहतराजको भनाइ छ । सरकारले चाँडै नै खेलाडीहरुको हितमा हुने गरी केही महत्वपूर्ण निर्णय गर्न लागेको पनि उहाँले बताउनुभयो । अन्तर्राष्टिय पुरस्कार विजेता खेलाडीहरुलाई ३२ लाखदेखि एक करोड ३२ लाखसम्मको पुरस्कार दिने योजना बनाएको जानकारी दिनुभयो ।

खेलकुद क्षेत्रको विकासलाई मध्यनजगर गर्दै सरकारले चालु बजेटमा खेलकुद क्षेत्रमा लगानी बढाएको बताउँदै उहाँले भन्नुभयो, सरकारले एक विद्यालय एक खेलमैदान एकपालिका एक पूर्वाधार र एकप्रदेश एक रंगशालको अवधारण अघि सारेको छ ।’

खेलकुदको विकासमा पूर्वाधारको र मैदानको आवश्यक पर्ने हुँदा सार्वजनिक क्षेत्र जोगाउन समेत उहाँले आग्रह गर्नुभयो । सिमरा रंगशाला सहित बाराको सिमरालाई देशकै आधुनिक र खेलमैत्री शहरको रुपमा विकास भइरहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, सिता गुरुङ्ग, जीतपुरसिमरा उपमहानगरपालिका मेयर राजन पौडेल, नवजनजाग्रिति यूवा क्लब सिमराका अध्यक्ष रामचन्द्र लामा, महासचिव शम्भुसिंह ठकुरी लगायतको सहभागिता थियो ।

Leave a Reply