वीरगन्ज,नेपाल फोटो पत्रकार महासंघ फोनिजको २३ औं स्थापना दिवसको अवसरमा फोनिज पर्साले शुक्रवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रक्तसञ्चार केन्द्र वीरगन्जमा भएको रक्तदान कार्यक्रममा १ जना महिलासहित ११ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रमको सभापतित्व फोनिज पर्साको अध्यक्ष अजित भुजेल, प्रमुख अतिथि वीरगन्ज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंह, प्रहरी निरीक्षक वडा प्रहरी कार्यलय विशाल मल्ल, बि.बि.सि.क्याम्पस प्रमुख डा.दिपक शाक्य, सामाजिक अभियन्ता प्रकाश थारु, फोनिज केन्द्रीय सदस्य निरज पिठाकोटे मगर लगायतको उपस्थिति रहेको थियो ।

रक्तदान गर्नेहरुमा सञ्जु आले मगर, अजितकुमार भुजेल, सुजितकुमार भुजेल, मुनेशकुमार लायो मगर, दिपेन्द्र चौधरी, सञ्जय दास थारु, शम्भु महतो थारु, राम मण्डल, स्वागतम चौधरी, मनिषराज चौधरी, कुमार कार्की लगायत रहेकाछन । कार्यक्रमको सहजीकरण फोनिज पर्साका सचिव राम मण्डलले गर्नुभएको थियो ।

Leave a Reply