हेटौंडा, हेटौंडा ७ नागस्वतीमा रहेको शहरी स्वास्थ्य केन्द्रमा चिकित्सक सहितको उपचार सेवा शुरु हुने भएको छ । सोमबार एक समारोहकाबीच हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा र बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञावालीले उक्त सेवाको उद ्घाटन गर्नु भएको हो ।सो क्रममा बोल्दै उहाँहरुले नागरिकहरुको स्वास्थ्यमा सरकार गम्भीर रहेको र यसैका लागि हेटौंडा ७ मा चिकित्सकीय सेवा प्रदान गरिएको जानकारी दिनुभयो । हरेक महिनाको ७ र २२ गते जनरल फिजिसियनले सो शहरी केन्द्रमा सेवा प्रदान गर्ने नागस्वती शहरी केन्द्रका प्रमुख लभ थापाले जानकारी दिनुभयो ।

बिशेषगरी ज्येष्ठ नागरिकहरुका लागि लक्षित गरी सो सेवा स्वास्थ्य केन्द्रका संचालनमा ल्याइएको पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष रामोदार गौतम लगायतको उपस्थिति रहेको थियो । महिनाको दुई दिन भएपनि चिकित्सक सहितको सेवा पाउदा वडावासी सहित आसपासका नागरिकहरु प्रत्यक्ष लाभान्वित हुने आफूहरुले आशा लिएको पनि हेटौंडा ७ नागस्वतीमा रहेको शहरी स्वास्थ्य केन्द्रका प्रमुख थापाको भनाइ छ ।

Leave a Reply