निजगढ,नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष गुरुप्रसाद गौतमको अध्यक्षतामा मधेस संचार समुह गठन भएको छ । शनिबार निजगढमा भएको भेलाले गौतम अध्यक्ष रहेको समुहको १३ सदस्यीय समिति गठन गरेको हो ।

सो समुहको उपाध्यक्षमा गोकुल घोरसाइने, सचिवमा महेश्वर अधिकारी, कोषाध्यक्षमा इन्दिप कोइराला र सहसचिवमा प्रह्लाद तिमल्सिना रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा लक्ष्मी पाण्डे, उमेश सुनुवार, नवराज चौलागाई, थानेश्वर सापकोटा, सुरुचि भण्डारी, पवित्रा चौलागाई, चादीनी अधिकारी र शर्मिला घिमिरे रहनु भएको छ । समुहले पत्रकारिता क्षेत्रको विकास र पत्रकारिताको माध्यमबाट समाजमा सचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने अध्यक्ष गौतमले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here