काठमाण्डौ,नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत चयन हुनुभएको छ ।काठमाण्डौमा चलिरहेको महाधिवेशनको बिहीवारको बन्दसत्रबाट अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत चयन गर्दै दोहो¥याएको हो । यस्तै सम्मानित नेतामा झलनाथ खनाल दोहोरिनुभएको छ ।अन्य पदाधिकारीको टुङ्गो शुक्रवार बिहानसम्ममा टुङ्गो लाग्न सक्ने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनबाट २१ जना पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ ।


















