राजन कुमार बानिया

पोखरिया,पर्साको धोबिनी गाउँकार्यपालिका सदस्यको लागि मंगलवार भएको निर्वाचनमा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । ६ जना कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा काँग्रेसका सबै उम्मेदवार विजयी भएका छन ।

निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार अल्पसंख्यक कोटा सदस्यमा काँग्रेसका दिनेशप्रसाद कलवार र नन्दकिशोर प्रसाद कानु तथा महिला सदस्यमा काँग्रेसकै रिना देवी, परमजोती कुमारी, शोभावती देवी र सारदा पासवान निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवारहरुले १५÷ १५ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालय धोविनीले जानकारी दिएको छ । निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का दिपक सर्राफ, प्रमेश्वर ठाकुर, नगिना देवी, ब्यान्ती देवी कुर्मी र एमालेका बचनी देवी र कोशिला देवी पटेल ले १२÷१२ मत पाएका थिए । कार्यपािलका सदस्य निर्वाचनमा कांग्रेससंग जसपा र एमालेले गठबन्धन गरेर चुनाव लडेका थिए ।

२७ मतदाता रहेको गाउँकार्यपालिका सदस्यको निर्वाचनमा धोबिनी गाउँकार्यपालिकामा अब नेपाली काँग्रेस सुविधाजनक बहुमतमा पुगेको छ । कार्यपालिकामा नेपाल कांग्रेसबाट १५, जसपाका ८ र एमालेका ४ मतदाता रहेका थिए । धोबिनी गाउँपालिकामा जसपा गाउँपालिका अध्यक्षसहित दुई वडाध्यक्ष, नेपाली कांग्रेस उपाध्यक्षसहित ३ वडाध्यक्षमा निर्वाचित भएका छन ।

Leave a Reply