कृष्ण मोहन साह
सेढवा,पर्सामा एकैदिन शुक्रवार चारवटा प्रहरी चौकीको भवन उद्धाटन गरिएको छ
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले प्रहरी चौकी सबैठवा, प्रहरी चौकी पाण्डेपुर, प्रहरी चौकी महादेवपट्टी, प्रहरी चौकी सुवर्णपुरको भवनको रिबन काटेर उद्धाटन गर्नुभएको हो ।
मधेस प्रदेश सरकारको एक करोड चौवालिस लाखको लागतमा जग्दम्बा निर्माण सेवा कचोर्वा बाराले सुविधा सम्पन्न प्रहरी चौकीको भवन निर्माण गरेको हो ।
उद्धाटन कार्यक्रममा प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्की, जिराभवानी गाउँपालिकाकी उपप्रमुख उषादेबी थरुनी, वडा नम्बर १ का वडा अध्यक्ष सेख नुमान आजमलगायत विभिन्न राजनीतिक दलका कार्यकर्ता, स्थानीयबासी र संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।