बिदुर खडका
डुमरवाना,नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगा वाग्लेले आफ्नो जन्मदिनको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ की सञ्जु यादवको परिवारलाई ४ हजार सहयोग गर्नुभएको छ ।सास्कृतिक रुपान्तरणमा सक्रिय वाग्लेको सामाजिक दृष्टिकोण अन्य मानिसकोभन्दा अलि फरक छ । उहाँ तडकभडक र देखासेखीमा रमाउने जमातको भन्दा दिनदुखीको सेवामा नै धर्म देख्नुहुन्छ ।

आर्थिक रुपमा आफै कमजोर र शारीरिक रुपमा अपाङ्ग भए पनि वाग्लेले हरेक वर्ष आफ्नो जन्मदिनमा असाहय र अपाङ्गहरुलाई सहयोग गर्दै आउनुभएको छ । यसैक्रममा उहाँले सञ्जुको परिवारलाई पनि सोमवार ४ हजारको चेक प्रदान गर्नुभएको हो ।२५ वर्षको उमेरमा नै ४ वटा बच्चाकी आमा बन्न बाध्य भएकी सञ्जु यतिबेला लालाबालको पालन पोषण गर्ने समस्यामा हुनुहुन्छ । केहि महिनाअघि पती जेलमा परेपछि सञ्जुलाई बालबालिकाको स्याहार सुसार र घर चलाउन समस्या परेको हो । आर्थिक अभावमा सञ्जुको परिवार विपदमा परेको जानकारी पाएपछि आफूले सहयोग गरेको वाग्लेले बताउनुभएको छ ।घरमा कमाउने अर्को मान्छे नभएकोले ज्यालाबोनी गरेर सञ्जुले जसोतसो बालबालिकाको हातमुख जोडने काम गर्दैआएको छिमेकी गरिब यादवले बताउनुभयो । गंगा सरले गरेको सहयोगबाट सञ्जुको घरको चुलो बाल्न सहयोग पुग्ने यादवको भनाई छ ।

Leave a Reply