वीरगन्ज,आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा वीरगन्ज महानगरपालिका वडा नम्बर २३ इटियाही टोलका एक जना युवक पक्राउ परेका छन् ।

प्रहरीले २६ वर्षिय दिनेशप्रसाद यादवलाई आफ्नै श्रीमती २३ वर्षीया प्रतिमाकुमारी यादवको हत्या गरेको आरोपमा पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा यादवले श्रीमती प्रतिमाको घाँटी थिचेर हत्या गरेको बुझिएको छ ।

घटनापछि वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले घटनास्थल पुगेर दिनेशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here