निजगढ,गाईजात्रा पर्वको अवसरमा नेवार समुदायले शुक्रवार निजगढमा गाईजात्रा प्रर्दशन गरेका ।

नेवा गुठी खलको आयोजनामा निजगढ ९ देउराली पथबाट झाँकीसहित निस्किएको जुलुस पूर्वपश्चिम लोकमार्ग हुदै बुद्धचोक परिक्रमा गरेर वडा नम्बर ६ स्थित भिमसेन स्थानमा पुगेर समापन भएको थियो ।

यसैबीच शुक्रवार जनैपूर्णिमा पर्व पनि मनाइएको छ । पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट डोरो बाँध्ने गर्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी सांस्कृतिक पर्व मनाउन सरकारले आह्वान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here