एजेन्सी
एक चिनियाँ शैक्षिक कम्पनीका अन्धविश्वासी प्रबन्धकले जागिरका लागि आवेदन दिनेहरुको फोन नम्बरको अन्तिम अंकमा ‘५’ हुनेहरुलाई अस्वीकार गरेको भन्दै व्यापक विवाद निम्तिएको छ । चिनियाँ समाचार एजेन्सीले गुआङडोङ्गस्थित शेन्जेनको एउटा शैक्षिक कम्पनीको अनौठो घटनाबारे जानकारी दिइरहेका छन् जसमा कथित रुपमा फोन नम्बरमा पाँचौ अंकको रुपमा ‘५’ भएका व्यक्तिहरुको जागिरको आवेदन अस्वीकार गरे किनभने उनलाई यो ‘ब्याड लक’ लाग्छ ।
ती आवेदकहरुलाई कम्पनीमा साँच्चै नै काम गर्न इच्छुक भए नम्बर परिवर्तन गर्न भनिएको थियो । दक्षता वा कामको नैतिकतासँग कुनै सरोकार नभएको यो अचम्मको घटनाबारे चिनियाँ मिडियामा एउटा ठूलो बहस निम्तिएको छ जहाँ अन्धविश्वास अझै पनि दैनिक जीवनको ठूलो हिस्सा हो ।
३ अयmउबलथ म्यभकल’त ज्ष्चभ एभयउभि ध्जयकभ एजयलभ ल्गmदभच ज्बक छ बक छतज म्ष्नष्तरु चीनमा आगोसरी फैलिएको छ । एउटा शैक्षिक कम्पनीको यस्तो हास्यास्पद नीति कसरी हुनसक्छ भन्नेबारे धेरैले प्रश्न उठाइरहेका छन् । यद्यपि, कतिले भने कमेन्ट गर्दै म्यानेजरको निर्णयमाथि सहमति पनि व्यक्त गरेका छन् ।
ह्वाट्स अन वेबोमा हालै एकजना जिमेनजुन नामका ज्योतिष र न्युमिरोलोजीका विशेषज्ञले यो अचम्मको निर्णय सम्भवतः ‘बुक अफ चेन्जेज’ भनिने पुरातन चिनियाँ भविष्यवाणी पाठ …. बाट प्रेरित भएको हुनसक्ने बताएका छन् ।
यसमा एकभन्दा बढी ‘५’ हुनुलाई ठिक मानिँदैन । जिमेनजुनले थपे, ‘कुनै व्यक्तिको फोन नम्बरको पाँचौ नम्बरमा अंक ‘५’ छ भने उनीहरुको आफ्नो बोससँग छिट्टै झगडा पर्ने र आफ्नो बोसका लागि अभागी पनि साबित हुन सक्छन् ।’ ‘मेरी आमाले फोन नम्बरमा ० र ५ नम्बर सकेसम्म नभएकै खोज है भनेपछि मेरो फोन नम्बरमा एउटा पनि ५ छैन,’ एक प्रयोगकर्ताले वेबोको स्टोरीमा कमेन्ट गरेका छन् ।
तर कम्पनीको जागिर दिनका लागि तोकिएको यो नियमको भने व्यापक विरोध भइरहेको छ ।



















