सिमरा,पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकीय आकर्षणका पूर्वाधारहरु निर्माण भएपछि निकुञ्जको मुहार फेरिएको छ ।

आरक्ष कार्यालयले चुरेको भाटा प्रतापपुरको बाटोलाई चितवन राष्ट्रिय निकुन्जसँग जोडेर बाटो खोलेको, आरक्ष भित्रैको बाटोबाट पर्यटक आउँने र दुबै निकुञ्जलाई लाभ हुँने, ठोरीदेखि प्रतापपुर जान सक्ने अवस्था सिर्जना भएको, भाटा मन्दिर दर्शनको लागि मनहरीबाट २ घण्टामा आउँन सक्ने, पर्यटनसँग सम्बन्धित पूर्वाधारहरु फोकस एरियालाई ध्यानमा राखेर निर्माण गरिएको जनाएको छ ।

संरक्षणलाई जीवन पद्धतिसँग नजोडे सम्म तिनको जीवनको अस्तित्व नरहँने पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले बताउँनु भयो । उहाँले आँफू पर्सा राष्ट्रिय निकुञ्जमा आए पछि थुप्रै सम्भावना देखेको र पूर्वाधार निर्माणका लागि पनि दत्तचित्त भएर लागेको बताउँनु भयो । उहाँका अनुसार प्रतापपुर पर्यटकका लागि आकर्षणको केन्द्र हो जहाँ ८ वटा गैंडा छन् ।

विद्युत पुर्याउँने काम कठिन भए पनि सम्पन्न गरिएको छ । ८ –९ किमि रिङ्गरोडको ट्रयाक खोलेको, राप्ती नदीमा झोलुग पूलका लागि पहल गरिरहेको, सुवर्णपूरमा पनि पूर्वाधार सुधारको काम हुँदै गरेको उहाँले बताउँनु भयो ।

यसका साथै हात्तीसारको व्यवस्थापन गरेको, प्राकृतिक एरिया हो भन्ने हिसावले इम्प्रेशन पार्ने गरी काम गरिएको, काठको साइन बोर्ड बनाइ राजमार्गमा पनि फरक खालको इम्प्रशेन दिने गरी काम गर्न थालेको उहाँले बताउँनु भयो ।

बारा, पर्सा र मकवानपुर जिल्लाको ६ सय २७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्जमा विश्वमैं दुर्लभ पाटेबाघ, एक सिंङ्गे गैंडा, गौरी गाई, घोड गधा, हात्ती, मृग लगायतका वन्यजन्तु मुख्य आकर्षणका केन्द्र हुँन् ।

Leave a Reply