कलैया,स्थानीय तहको निर्वाचनमा मनोनयन दार्ता गराउने क्रममा बारामा नेपाली कांग्रेसले सोमवार विभिन्न पालिकामा निकालेको र्यालीमा बालबालिकाको प्रयोग भएको देखिएको छ ।

निर्वाचन आचारसंहिता विपरीत कांग्रेसको मनोनयन दर्तामा बालबालिकाको प्रयोग गरेको हो ।

निर्वाचन आयोगले बालाबालिकालाई चुनावी र्याली र जुलुसमा सहभागी नगराउन आग्रह गर्दा पनि कांग्रेसले बालबालिकाहरुलाई राजनीतिक दलको कार्यक्रममा प्रयोग गरेको हो ।

खाजा र आर्थिक प्रलोभनमा पारी जिल्लाका विभिन्न तहमा नेपाली कांग्रेसका नेता कार्याकार्तहरुले बालबालिकाहरुलाई र्याली तथा जुलुसमा प्रयोग गर्दै गरेको स्थानीयहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here