निजगढ,नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शर्माले निजगढ नगरभित्रका सुरक्षाकर्मी तथा पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्नुभएको छ । महासंघ बाराका अध्यक्ष शर्माले मंगलबार निजगढका फ्रन्ट लाईनमा खटिने सुरक्षाकर्मी तथा पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्नुभएको हो ।

महासंघका अध्यक्ष शर्माले ईलाका प्रहरी कार्यालय निजगढ, प्रहरी चौकी सिंगौल, रतनपुर र निजगढका १ दर्जन पत्रकारहरुलाई ३० हजार मुल्य बराबरको ३५ प्याकेट मास्क, ३५ थान सेनिटाईजर र ३ लिटरको सेनिटाईजर ३ थान ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख शंकर चौधरीमार्फत प्रहरी र पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here