कलैया,जिल्ला प्रहरी कार्यालय बाराले दुई जना भारतीय नाबालकहरूको उद्दार गरेको छ । ईलाका प्रहरी कार्यालय कवही, बाराबाट खटिएको प्रहरीले उनीहरुको उद्दार गरेको हो ।बाराको सुवर्ण गाँउपालिका वडा नम्बर २ घुसुकपुर टोलबाट बेवारिसे अवस्थामा फेला परेका दुईजना भारतीय बालकको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।प्रहरीले भारत विहार राज्यको मोतिहारी जिल्ला बस्ने ४३ वर्षका सुगन्धी देवी साहको छोरा ५ वर्षका अंकितकुमार साह र सोही ठाउँका २१ वर्षकी काजल देवी साहका छोरा ३ वर्षका बजंरगीकुमार साहको उद्धार गरेको जनाएको छ । उद्धार गरिएका बालकहरुलाई शुक्रवार नै अभिभावकको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।


















