सिमरा,अमलेखगंजमा प्रहरीले अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजका प्रहरी वरिष्ठ नायव निरीक्षक श्यामबाबु यादवको नेतृत्वमा गएको प्रहरी टोलीले करिब १ हजार लिटर घरेलु मदिरा बनाउँन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरेको हो ।

प्रहरी टोलीले जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजस्थित गुरुङ टोल र गुम्बा टोलका १० घरबाट सो परिमाणको मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरेको प्रहरीले बताएको छ ।प्रहरीले बरामद गरेको उक्त कच्चा पदार्थलाई जनप्रतिनिधि र स्थानीयहरूको रोहवरमा खाल्टोमा पोखेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम् प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

Leave a Reply