कलैया,बाराको महागढीमाई नगरपालिकाको कर्मचारी पदपुर्ति समितिका पूर्वसंयोजक तथा नगर शिक्षा समितिका प्रमुख सल्लाहकार कालिकानन्द ठाकुरको निधनमा नगरपालिकाले जेठ ७ गते सार्वजनिक बिदा दिएको छ ।नगर प्रमुख उपेन्द्रप्रसाद यादवले कार्यालय माताहातको स्वास्थ्य संस्थाबाहेकका सबै कार्यालयहरुमा बुधवार १ दिन शोक बिदा दिएको नगर प्रमुख यादवले जानकारी दिनुभएको छ ।ब्रेन हेमरेज भएपछि उपचारको लागि वीरगञ्ज पु¥याइनु भएका ठाकुरको ७० वर्षको उमेरमा सोमवार निधन भएको मृतक ठाकुरका छोरा सन्तोष ठाकुरले जानकारी दिनुभयो ।
लामो समयसम्म शिक्षण पेसमा आवद्ध स्वर्गीय ठाकुरले निजगढ नगरपालिका वडा नम्बर १ स्थित नेरामावि सिंगौलसहित जिल्लाका विभिन्न माध्यमिक विद्यालयहरुमा प्रधानाध्यापकको रुपमा रहेर काम गर्नुभएको थियो ।उहाँको पार्थिव शशिरमा महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव र नेपाली काँग्रेसका जिल्ला सचिव राजेश रौनियार लगायतका नेताहरुले पसहा खोलास्थित लक्षमिनिया घाटमा पार्टीको झण्डा ओढाएर श्राद्धञ्जली अर्पण गरेपछि मंगलवार शव दाह संस्कार गरिएको थियो ।
ठाकुरको मृत्युले महागढीमाई नगरपालिकाले एक अभिभावक गुमाएको नगर प्रमुख यादवले बताउनुभयो । ‘स्वः ठाकुरप्रति हार्दिक श्राद्धञ्जली अर्पण गर्दछु र परिवारजनमा गहिरो सम्वेदान समेत छ ।’ नगरप्रमुख यादवले भन्नुभयो ।
उहाँले एउटा अभिभावक गुमाएको पीडा महशुस भएको भन्दै नगरप्रमुख यादवले महागढीमाई नगरपालिकाको शिक्षा क्षेत्रको विकासमा ठाकुरले पु¥याएको योगदान सधै सम्झिरहने उहाँको भनाई थियो । शिक्षण पेसाबाट अवकास पाएपछि महागढीमाई नगरपालिकामा शिक्षा क्षेत्रको विकासमा ठाकुरले उल्लेखनीय कामहरु गरेको र शिक्षा क्षेत्रमा व्यापक सुधार ल्याएको नगरप्रमुख यादवले स्मरण गर्नुभयो ।स्वर्गीय ठाकुरले देखाएको मार्गमा हिडन सके मात्र उहाँप्रति सच्चा श्राद्धञ्जली अर्पण हुनेनगरप्रमुख यादवको भनाई थियो ।यता नेपाली काँग्रेस पार्टीका बारा जिल्ला सचिव राजेश रौनियारले ठाकुरको निधनले पार्टीलाई अपुरणीय क्षति भएको जनाउनुभएको छ । उहाँले जीवनभरि पार्टीप्रति निष्ठावान भई पार्टीका सबै गतिविधिमा सक्रिय भुमिका निर्वाह गर्दै आएको पनि रौनियारले जानकारी दिनुभयो ।ठाकुरका २ छोरा, २ छोरी र श्रीमती छन ।



















