राजकुमार यादव

मौलापुर,रौतहट प्रहरीले चोरीको मोटरसाइकल सहित ३ जनालाई पक्राउ गरेको छ ।

स्थानीय राजपुर नगरपालिका वडा नम्बर ८ लक्ष्मीनिया टोलबाट बी.आ.२७.आर.२३०४ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल सहित स्थानीय यमुनामाई गाउँपालिका वडा नम्बर ३ निवासी ३० वर्षिय मोहमद सनाउल्लाह, परोहा नगरपालिका वडा नम्बर ५ बसन्तपट्टीस्थित सडकबाट बी.आर.०५.ए.डि.०६१४ नम्बर भएको २२० सीसी पल्सरसहित मौलपुर नगरपालिका वडा बम्बर १ बस्ने २५ वर्षिय सुनिल जायसवाल र गरुडा नगरपालिका वडा नम्बर ४ पानीटंकी सडक खण्डबाट प्र.३–०२–१३.प.३०९९ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित गढीमाई नगरपालिका वडा नम्बर ९ बस्ने होसनारायण यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

रौतहट जिल्लामा विगत केही दिनदेखि बढेको मोटरसाइकल चोरीलाई नियन्त्रण गर्नका लागि रौतहट प्रहरीले शुरू गरेको चोरी अभियान अन्तर्गत मोटरसाइकल चोर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव सुनील मल्लले जानकारी दिनुभएको छ ।

Leave a Reply