मनहर्वा – पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा शनिबार जिल्लाको बिश्रामपुर गाउँपालिका १ का २० बर्षिया मुन्ना पंडितलाई चितुवाले आक्रमण प्रयास गरेको छ । मोटरसाइकलबाट हेटौंडा जाँदै गर्दा राष्ट्रिय निकुञ्ज अन्तरगत पथलैया–अमलेखगञ्ज सडक खण्डको जंगलमा उहाँलाई चितुवाले आक्रमण प्रयास गरेको हो । लोकसेवा आयोगको परीक्षा दिन हेटौंडा जाँदै गर्दा पश्चिमबाट पूर्वतर्फ सडक पार गर्ने क्रममा रहेको चितुवाको आक्रमणमा परी मोटरसाइकल पल्टिदा उहाँको देब्रे आँखा तथा टाउकोमा सामान्य चोट लागेको छ । सडक पार गर्ने क्रममा चितुवासँग अकस्मात पंडितको जम्काभेट भएको र चितुवाले आक्रमण प्रयास गरेपछि पंडित मोटरसाइकलबाट लडेको पर्सा राष्ट्रिय निकुञ्जका साहायक संक्षरण अधिकृत रमेशकुमार यादवले जानकारी दिनुभयो । चितुवा आक्रमणमा पर्नुभएका पंडितको अवस्था सामान्य छ । उहाँ हाल परीक्षा दिएर घर समेत फर्किसक्नु भएको बताइएको छ । दुर्घटनामा पर्नुभएका पंडित सामान्य घाइते भएको र मोटरसाईकमा समेत सामान्य क्षेति पुगेको सहायक संरक्षण अधिकृत यादवले बताउनुभयो ।
सोही घटनालाई लिएर शनिबार दिनभरि नै बाघले अर्धवैंसे पुरुषलाई आक्रमण गरी बेपत्ता बनाएको भनेर पथलैया क्षेत्रमा हल्ला भएपछि निकुञ्जका सुरक्षाकर्मीले हात्तीसहित खोजतलास गरेको थियो । सडक नजिकैको जंगलमा नभेटिएपछि निकुञ्जका चारवटा हात्तीमा नेपाली सेना र नेपाल प्रहरीको टोलीले पुरुषको खोजी गरेका हुन । निकुञ्जका रेन्जर दीपक तिवारीको नेतृत्वमा हात्ती लिएर पुरुष खोज्न थालिएको जानकारी गराईएको थियो ।
केही दिन अघि सोही सडकखण्डमा कारको ठक्करबाट बाघको मृत्यु भएको थियो । पछिल्लो समय उक्त सडकखण्ड नजिकको जंगलमा बाघको चहलपहल बढ्न थालेको छ । सवारी प्रयोगकर्ताले उक्त सडकखण्डमा सावधानी अपनाउनु पर्ने सहायक संक्षरण अधिकृत यादवले सुझावसमेत दिनुभएको छ ।

Leave a Reply