निजगढ,साउन महिना लागेसंगै निजगढ नगरपालिका वडा नम्बर ९ स्थित बाक्यश्वर महादेव मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको भीड बढ्ेको छ । मन्दिरमा स्थानीय र नगरपालिका बाहिरका भक्तजनसमेत आउने गरेका हुन । मन्दिरमा नगर बाहिरका बोलबम तीर्थयात्रीहरु जल चढाउन आउने मन्दिर संचालक तथा व्यवस्थापन समितिका अध्यक्ष राजन श्रेष्ठले बताउनुभयो ।

भक्तजनहरुको भिड बढन थालेपछि मन्दिर व्यवस्थापन समितिले मन्दिर परिशरमा अन्य मूर्ति र पूर्वाधारको पनि निर्माण गरेको श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय दाता र समाजसेवीको सहयोगमा समितिले मन्दिर परिशरमा ठूलो आकारको शिवलिङ्ग, बराहा मन्दिर, गणेश र दूर्गाको मूर्ति तथा विभिन्न ट्रस्ट निर्माण गरिएको श्रेष्ठले बताउनुभयो ।

उहाँले मन्दिर परिशरलाई थप व्यवस्थित आकर्षित तुल्याउन योजना बनाएर काम गरिरहेको पनि बताउनुभएको छ ।

बकैया खोलाको किनारामा अवस्थित बाक्यश्वर महादेव मन्दिर क्षेत्र पछिल्लो समय निजगढको प्रमुख धार्मिक स्थलको रुपमा विकास हुदै आएको छ । मन्दिर परिशरमा हरेक वर्ष मंसिर महिनामा सदबिज छर्ने दिन रात्रि मेला लाग्ने र ठुलो संख्यामा श्रद्धालुहरु आउने गरेका छन ।

यसैबीच साउन महिनाको चौथो सोमवारको अवसरमा निजगढ ८ स्थित सप्तऋषि धर्मशालामा बोलबम यात्रुहरुको भीड लागको छ । धर्मशालामा आइतवार साँझदेखि नै बोलबम भक्तजनहरुको भीड देखिएको हो ।

रौतहट र सर्लाहीको सिमानामा पर्ने बागमती नदीको जल लिएर बाराको काँटघाटस्थित सहजनाथ महादेव मन्दिरमा जल चढाउन जाने भक्तजनहरुजलसहित धर्मशालामा विश्राम गर्ने गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here