नरेश गुप्ता

बरियारपुर,बारामा काठमाण्डौका क्यासिनोहरुमा भन्दा बढी हारजित हुने गरी जुवा संचालन हुदै आएको छ । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ स्थित गाउँको उत्तरपट्टी पर्ने मन्दिरसँगैको पोखरीको दक्षिण–पूर्व कुनाबाट बन्जरिया गाउँ जाने बाटोको दक्षिण–पूर्वको पोखरी छेउमा जुवा खेलाइदै आइएको हो । यसअघि सो कौडा स्थानीय जगदीश महतो धानुकको बाँसघारीमा रहेको छाप्रोमा हुँदै आएको थियो ।

जुवाडे समूहले कौडास्थलमा ठूला संख्यामा सुराकी परिचालन गरेको छ । सुराकीसँगै तिनले प्रहरी अधिकारीहरुलाई समेत मिलाएकाले प्रहरीले जुवा रोक्न चासो नदेखाएको बताइएको छ ।

३०÷४० जनाको संख्यामा नेपाली र भारतीयहरु जुवाडेहरु भेला भएर जुवा संचालन हुने गरेको स्थानीयहरुले बताएका छन । जुवा रोक्न गाउँलेले गर्दै आएको विरोध र दबाबका बाबजुद जिल्ला प्रहरी कार्यालय बाराबाट जाने गरेको प्रहरी टोली जुवा स्थलमा पुग्दै नपुगी सिधै कार्यालयमा फर्किने गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन ।

जुवा खेलाउने समूहले प्रहरी प्रशासन मिलाउनलाई रुपैया खर्च गरेकाले निर्वाधरुपमा जुवा सञ्चालन गरिरहेका छन ।

पर्सा, बारा, रौतहट र भारतीय केही तस्कर तथा व्यापारीहरुले दैनिक रुपमा लाखौंभन्दा बढीको हारजित हुने गरी जुवा खेलिरहेको स्थानीयहरुको भनाइ छ । जुवा खेलाए बापत जुवा सञ्चालन गर्ने समूहलेसमेत दैनिक रुपमा लाखौं असुल्ने गर्दै आएका छन ।

पर्सौनी गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष सनई साह तेलीका अनुसार कौडाबारे प्रहरी र पालिका अध्यक्षलाई जानकारी गराए पनि नरोकिएको बताउँछन । प्रहरीले खेल भएको कुल रकमबाट ५ देखि १५ प्रतिशत कमिसन लिने गरेकोसमेत बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here