जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन्। स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेपछि उनले राजदूत नियुक्तिको सिफारिसबाट नाम फिर्ता लिन लागेको जानकारी संसदीय सुनुवाइ समितिलाई गराएका हुन्।

समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार थापाले आफू समितिमा उपस्थित नहुने र नाम फिर्तासम्बन्धी निवेदन पठाउने जानकारी दिएका छन्।

सभापति श्रेष्ठले कानुनी रूपमा समस्या नरहेको भए पनि स्वार्थको द्वन्द्वको विषय उठेकाले थापाले नाम फिर्ता लिन लागेको बताएका छन्।

गत असोज २८ गते भएको संसदीय सुनुवाइमा जापानका लागि प्रस्तावित थापाको नामबारे थप अध्ययन गर्नुपर्ने भन्दै निर्णय स्थगित गरिएको थियो। जापानको स्थायी आवासीय अनुमति ९पीआर० लिएको विषय उठेपछि सांसदहरूले उनको योग्यतामाथि प्रश्न गरेका थिए।

सुनुवाइका क्रममा थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए। तर, संविधानको धारा २९१ र पीआर त्यागेको अवधिबारे सांसदहरूले थप प्रश्न उठाएका थिए।

सरकारले नियुक्तिका लागि सिफारिस गरेका १३ जनामध्ये असोज २८ गते समितिले १० जनाको नाम अनुमोदन गरेको थियो। साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने समितिले अस्वीकृत गरेको थियो।

Leave a Reply