आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकाको नवौ नगर सभा एवं आर्थिक वर्ष २०८१÷८२ को नीति कार्यक्रम तथा बजेट नगरपालिकाको सभाकक्षमा सम्पन्न भएको छ ।नगर प्रमुख किशोरीप्रसाद कलवारको अध्यक्षतामा भएको नगर सभाबाट आर्थिक वर्ष २०८१-८२ को अनुमानित बजेट ६४ करोड ७२ लाख ३६ हजार रुपैयाँ उपप्रमुख नजमु शेहरले प्रस्तुत गर्नुभएको थियो ।

जसअनुसार वित्तीय समानीकरण अनुदान १३ करोड ६५ लाख रुपैयाँ, राजस्व बाँडफाँड ११ करोड २७ लाख रुपैयाँ, संघीय सरकारबाट प्राप्त हुने सशर्त÷समपुरक विशेष अनुदानतर्फ २६ करोड ३० लाख ३६ हजार रुपैयाँ, आन्तरिक श्रोत ८ करोड रुपैयाँ, सडक बोर्ड ५० लाख रुपैयाँ, राष्ट्रिय योजना आयोग ५ करोड रुपैयाँ अनुमान गरिएको छ ।

बजेटको उद्देश्यमा आर्थिक गतिविधि एवं विकासका कार्यलाई तीव्रता दिने, नगरपालिकाको लोक कल्याणकारी भूमिकालाई सुदृढ बनाउने समाजिक सुरक्षा एवं संरक्षण प्रदान गर्ने रहेको छ । सार्वजनिक श्रोत साधनलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै उत्थानशील नगरपालिका घोषणा गर्ने लगायत छ ।प्रमुख प्रशासकीय अधिकृत जयनारायणप्रसाद यादवले स्वागत मन्तव्य व्यक्त गर्नुभएको नगर सभालाई स्वास्थ्यकर्मी मनु यादवेन्द्रले सन्चालन गर्नुभएको सो कार्यक्रममा वडा नम्बर १ देखि ११ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा नगरपालिकका लेखा अधिकृत गोविन्द कोइराला, पूर्वप्रशासकीय अधिकृत वीरेन्द्र साह, ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राई, सशस्त्र प्रहरी गोलागन्जका प्रहरी निरीक्षक माधवप्रसाद ढुङेल, नगर प्रहरी प्रमुख रविन्द्र यादव, जिन्सी शाखाका सुरेश यादव, पशु शाखाका शेख अन्सारुल लगायत सन्चारकर्मी, जनप्रतिनिधि र कर्मचारीहरुको पनि उपस्थिति थियो ।

Leave a Reply