आइतबार साउन १ गते । परापूर्वकालको कुरा गर्ने हो भने साउन १ गते भनेको असार मसान्तसम्म धान रोपाइँ सकेर कृषकहरुले आराम गरी खटिरा (लुतो) पखाल्नका लागि ‘लुत्तो फाल्ने’ दिन हो ।

लुत्तो फाल्ने परम्परा त नेपाली समाजमा वर्षौ पहिलादेखि चलि आएको परम्परा हो तर पछिल्ला दिनमा यो पनि लोप हुदै गइरहेको छ । समयमा धान रोपाइँ नसकिएपछि लुत्तो फाल्ने वा साउने संक्रान्तिको पनि महत्व घटेको हो ।

यो वर्षको कुरा गर्ने हो भने चैं कृषकहरुलाई औधि पीडा दिएको छ । साउन लागिसक्दा पनि नेपालका अधिकांश कृषकहरुले धान रोपाइँ सकेका छैनन् । त्यसो त मध्य तराईका बारा र पर्सा क्षेत्रका कृषकहरुको कुरा गर्ने हो भनेपनि खडेरीले एकदमै सास्ती दिएको छ साउन लाग्दा समेत आधाजति पनि रोपाइ यस क्षेत्रमा सकिएको छैन ।

यसले धानको उत्पादनमा प्रत्यक्ष असर गर्ने निश्चित छ । सबैलाई थाहा छ,नेपाल कृषि प्रधान देश हो । कृषिमा आश्रित नेपालीहरुले समयमा धान रोपाइँ गर्न नपाएपछि यसको सिधाअसर भान्छामा पर्ने निश्चित छ ।

खेडेरी बढ्नुका कारण धेरै छन् । तराई मधेशको सवालमा पनि समीक्षा गर्न जरुरी छ । बारा जिल्ला आफै अन्नभण्डार हो तैपनि धान उत्पादनमा गिरावट आउने संभावना खडेरीका कारण बढेको छ । यसले यो वर्ष देशको ग्राहस्त उत्पादनमा पनि गिरावट आउने छ । विश्वव्यापी मन्दीको असर सामना गरिरहेको नेपालको लागि धानको उत्पादन खटने खतराले थप समस्या पर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here