सिमरा,सामाजिक रुपान्तरणका लागि भविष्यमा समाज सेवातर्फ थप अग्रसर भई लाग्न र सामाजिक कार्यहरुमा योगदान दिन थप हौसला र उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले शनिबार जीतपुरका समाजसेवी रन्धीर गुप्ताले सामाजिक संस्थालाई टि शर्ट प्रदान गरी सहयोग गर्नुभएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा ७ मा रहेको सहयोगी हात नेपाल, जीतपुर नामक सामाजिक संस्थालाई जीतपुरकै स्थानीय समाजसेवी रन्धीर गुप्ताले आफ्नो पिता स्वर्गीय चन्द्रदेवप्रसाद साह कलवारको स्मृतिमा टि शर्ट सहयोग गर्नुभएको हो ।
सहयोगी हात नेपाल, जीतपुरका अध्यक्ष देवानन्द साहलाई टि शर्ट हस्तान्तरण गरे पश्चात आफूलाई आत्मसन्तुष्टि प्राप्त भएको कुरा समाजसेवी रन्धीर गुप्ताले जानकारी दिनुभएको छ ।

Leave a Reply