नरेश गुप्ता , कार्तिक २१ । बलि प्रथा निरुत्साहित गर्न पहिला देखि नै जनचेतनामूलक कार्यक्रम चलाउनु पर्नेमा बाराको कलैयामा जोड दिइएको छ । पशु कल्याण संघ काठमाडौले बाराको कलैयामा आयोजना गरिएको पशु कल्याण समबन्धी कार्यक्रममा सहभागी पत्रकारहरुले जोड दिएको थियो ।
विश्व प्रसिद पंचबर्षिय गढीमाई अध्यात्मिक ,आस्था र बिश्वासले जोडिएको प्रती पशुलाई आततायी गरि बलि दिने गलत परम्परालाई पशु कल्याण महासघले हटाउनु पर्ने प्रस्तुत गरिएको दुईवटा एजेन्डाको पत्रकारहरुले खण्डन गर्दै पाच बर्षमा लाग्ने शक्ति पिठ गढीमाईको मेला नजिक्दै जादा विभिन्न सरोकारवाला संस्थाले अभियान चलाउनु अर्थ के , सहभागीहरुले जिज्ञासा राखेका थिए ।
पंचबर्षिय गढीमाई मेलामा बलि दिने पशुहरुको संख्या सात हजार देखि दस हजार सम्मको पुग्ने गर्छ ,तर दशैमा दक्षिण काली , बिरगंज स्थित माईस्थान लगायत अन्य ठाउमा गरिने पशु बलि हजारौंको संख्यामा हुदा पनि पशु कल्याणको क्षेत्रमा काम गर्ने संस्थाहरुको ध्यानाकर्षण पत्रकारहरुले गराएको थियो ।
आयोजित पत्रकार समेलनमा एफ ई यो संस्थाको निरजन डंगोल , यु एन को धनबहादुर , पशु कल्याण महासंघ काठमाडौको अध्यक्ष स्नेहा श्रेष्ठ लगायतले पशु बलि कसरी निरुत्साहित गर्न सकिन्छ सो बिषयमा छलफल राय सुझाव संकलन गरिएको थियो ।
भिजिट नेपाल २०२० मा सबै भन्दा बढी प्रयटकहरु नेपाल भितृयाउने लक्ष्य लिएको सरकारले विभिन्न ठाउमा पशु बलि निरुत्साहित गर्न अहवान गरेको भएपनी नेपालमा निर्देश पशुको बलि दिने , भौगोलिक बाताबरण नै अनुकुल नहुने यस्ता अनेक कारणले गर्दा भिजिट नेपाल २०२० मा प्रयटकहरु घटने क्रम बढेको पत्रकार समेलनमा जानकारी गराईएको थियो ।