मधेश प्रदेशमा बुधबार बलिदानी दिवस मनाइरहदा सबैमा खुुसीयाली थिएन । मधेश आन्दोलनको लक्ष्य र उद्देश्यमाथि घात गरेको आरोप लाग्दै आइरहेको छ । मधेशमा भएको विद्रोहकै कारण मधेश प्रदेश जन्मिएको हो तर मधेशमा केका लागि आन्दोलन भएको थियो र के पाइयो भन्ने समीक्षा बलिदानी दिवसको दिनमा संझना गर्न आवश्यक थियो तर नेताहरुले संझिएनन् ।

मधेशमा आन्दोलन भइरहदा मानवीय क्षति धेरै भएकै हो । भौतिक क्षति पनि भएकै हो । मधेश आन्दोलनले केही उपलब्धी दिएको छैननु भन्ने पनि होइन तर मधेशको नाउमा राजनीतिक गर्नेहरुले मधेशको मुद्दालाई कसरी बिक्री गरे भन्ने कुरा महत्वपूर्ण हो । मधेश विद्रोह कुनै समुदायका बिरुद्धमा थिएन तर प्रचार यसरी नै गरियो ।

बुधबार हालै मधेश प्रदेश नाम रहेको प्रदेश २ भर बिदा दिइयो र केही स्थानमा कार्यक्रम पनि भए । मधेश आन्दोलनबाट उदाएका र फाइदा लिएकाहरुले भने पक्कैपनि बलिदानी दिवस संझिएका छन् तर सबैले संझिएको देखिएन । मधेशले मात्रै होइन सबै प्रदेशले संझनु पर्ने शहिदको अपमान किन भयो कहिले समीक्षा गर्ने खोइ ?

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here