काठमाण्डौं,अर्को महिना हुने चुनावमा धाँधली हुने जोखिम बढेको भन्दै भारतका विपक्षी गठबन्धन दलहरूले राजधानी दिल्लीमा प्रदर्शन गरेका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भ्रष्टाचारको आरोपमा पक्राउ परेयता आयोजना भएको यो पहिलो विपक्षी प्रदर्शन हो

हजारौँ प्रदर्शनकारी सहभागी भएको ¥यालीमा विपक्षी नेताहरूले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले देशका अनुसन्धान निकायहरूलाई प्रयोग गरी आफ्ना नेताहरूलाई पक्राउ गरेको र उनीहरूलाई चुनावी अभियानबाट रोक्न खोजेको आरोप लगाएका छन् । उनीहरूले भारत निरङ्कुशतावादतर्फ अघि बढिरहेको चेतावनी दिँदै त्यसलाई निन्दा गर्न र लोकतन्त्र र संविधानको रक्षा गर्न आफूहरू भेला भएको बताएका छन् ।

भारतमा आउँदो अप्रिल १९ देखि चरणबद्धरूपमा चुनाव हुँदैछ । विपक्षी कांग्रेस पार्टीलाई नियम मिचेको भन्दै कर विभागले २० करोड अमेरिकी डलरभन्दा बढी जरिबाना गराएको छ ।प्रदर्शनमा बोल्दै कांग्रेस नेता राहुल गान्धीले विपक्षी दललाई जरिबाना, विपक्षी नेताहरूको पक्राउ, निर्वाचन आयोगमा आफ्ना मानिस नियुक्तलगायतका गतिविधि गरेर सत्तारूढ दलले चुनावमा ‘म्याच फिक्सिङ’ गरेको आरोप लगाउनुभयो ।मत सर्वेक्षणहरूले आउँदो चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो पटक जित हासिल गर्ने देखाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here