दुई दिनमा ठूलो राजनीतिक उथलपुथल गरेको नेपालको जेन्जी समूहले निकासका लागि भने लामो समय लगाएको छ ।
अन्तरिम सरकार बनाउने विषयमा जेनजीहरुले समयमा उचित निर्णय गर्न नसक्दा देशमा अन्यौलता कायम भएको छ र देशमा अराजकता पनि बढेको छ । देशका लागि योग्य प्रधानमन्त्री छान्ने जिम्मा अहिलेका लागि यही समूहको काँधमा आएको छ तर यस्को लागि निकै सुुझबुझ त हुनु पर्दछ नै तर पनि जेनजीको स्पष्ट नेतृत्व नहुँदा पनि समस्या भइरहेको देखिन्छ ।
देशको कार्यकारी प्रमुख छान्ने बिषयमा पनि यो समूह बढी संवेदनशिल भएकाले पनि समय लागेको पनि होला ।
तर, जसरी जेनजीको नाउमा दुई दिन देशभर ताण्डव मच्चाइयो फेरि अर्को केही हर्कत नहोला भन्न सकिन्न । मुख्य त जेनजीले राखेको मागको सवालमा कसैले पनि आपत्ति गर्नुपर्ने कुरा छैन । व्यवस्थामाथि पनि उनीहरुले धावा बालेका छैनन् । बरु कम्तीमा २० वर्ष पछाडि हुने राजनीतिक परिवर्तन अहिले उनीहरुले गर्न खोेजेका हुन् जुन समयका माग हो । यहाँ अहिलेका लागि दुर्गा प्रसाई, ज्ञनेन्द्र शाह जस्ता पात्रको आवश्कयता देखिनुहुन्न र यो जेनजीको माग पनि होइन ।
त्यसो त यो समूहमा स्पष्ट नेतृत्व नहुँदा पनि समस्या देखिएको छ । फेरि धेरै समूह भएको र सबै समूहको आफ्नो स्वार्थ अनि बाहिरी स्वार्थले पनि काम गर्ने भएकाले पनि झन्े समस्या देखिन्छ ।
मुख्य कुरो त नागरिक अगुवालाई अहिले मुलु्कको कार्यकारी बनाउदा उचित हुन्छ भन्ने धेरैको तर्क पनि देखिन्छ । यसरी निकास दिन नसक्ने हो भने त जेनजी कसरी अन्य दलभन्दा फरक देखिए र ? फेरि यिनीहरुको पनि त विकल्प खोजी हुन्छ नि देशमा ।

Leave a Reply