नरेश गुप्ता
बरियारपुर,सिम्रौनगढ नगरपालिकामा मालपोत र नापी कार्यालयको शाखा स्थापना गरि सञ्चालनको माग गर्दै सिम्रौनगढका युवाहरुले जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाएका छन् ।
सिम्रौनगढका युवा सन्नी गुप्ताको नेतृत्वमा युवाहरुको एक समुहले सोमवार दिउँसो जिल्ला प्रशासन कार्यालय बारामा पुगेर प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा सिम्रौनगढमा नापी र मालोपत कार्यालयको शाखा कार्यालय स्थापनाका लागि सरकारले निर्णय गरिसकेको भए पनि जिल्ला सदरमुकामका केहि लेखापढी व्यवसायीहरुको चलखेलका कारण कार्यालय संचालनमा आउन नसकेको भन्दै नापी र मालपोत कार्यालयको विरोधमा गरिएको षडयन्त्रको भत्र्सना पनि गरिएको छ ।
सरकारको निर्णय अनुसार सिम्रौनगढमा मालपोत र नापी कार्यालयको शाखा यथाशिघ्र स्थापना गरि सन्चालन नगरिएको खण्डमा कडा आन्दोलनमा उत्रिने चेतावनी पनि ज्ञापनपत्रमार्फत दिइएको छ । युवाहरुको ज्ञापनपत्र बुझदै प्रजिअ कटुवालले सिम्रौनगढवासीको माग सम्बोधनका लागि आफुले माथिल्लो निकायमा पहल गर्ने आश्वासन दिनुभएको छ ।