पर्साका सांसद प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएदेखि नै उनले दुईवटा कुरा गरेका छन् । एक त बृक्षारोपण अभियान संचालन गर्ने बताएका छन् भने अर्को बाराको निजगढ क्षेत्रमा विमानस्थल बनाउने कुरा गरेका छन् । उनले बोलको यी दुबै कुरामा उनको आफ्नो कार्यकालमा कति सफलता हासिल गर्छन् त्यसका लागि त उनको कार्यकाल सकिएपछि समीक्षा गर्दा उचित होला तर यी मध्ये बृक्षारोपणको कार्यक्रम चाही ठूलो कुरा होइन ।

तर,बृक्षारोपण गर्दैमा वन नमासिने भन्ने पनि होइन । तराई मधेशको क्षेत्रमा बृक्षारोपण गर्नुभन्दा पनि जंगल संरक्षणमा ध्यान दिन आवश्यक छ । आफ्नो निहित स्वार्थ पूर्तिका लागि तराई मधेशका जंगलहरु तीव्र रुपमा फडानी भइरहेका छन् । सरकारी कर्मचारीहरुकै मिलेमतोमा पनि यस्तो कार्य भइरहेकाले पनि यसतर्फ वनमन्त्रीको ध्यान जान आवश्यक छ ।

अनि अर्को कुरा, बारामा बिमानस्थल बनाउने कुरा चाही वनमन्त्रीको मात्रै बुताको कुरा होइन । तर वन फडानीको विवादमा हाल विमानस्थल निर्माण कार्य अवरुद्ध हुदै आएको छ । यस्तो अवस्थामा विभागीय मन्त्रीको हिसावमा उनले जैविकविविधाताको न्यूनतम क्षेति हुने गरी निर्माण कार्यलाई सहज बनाउने कार्यमा भने अवश्य नै सहजीकरण गर्न सक्ने छन । तसर्थ वन मन्त्रीको रुपमा यादवले विमानस्थल निर्माणको लागि आवश्य रुख काटानको अनुमति दिने कार्य गर्न जरुरी छ । यदि उनले विमानस्थल क्षेत्रभित्र पर्ने रुख काट्ने स्वीकृति मात्रै दिए भने पनि उनको कार्यकालको लागि महत्वपूर्ण कुरा हुने छ र विमानस्थल निर्माण कार्यले गति लिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here