निजगढ,नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखाको अध्यक्षमा रुद्र धिताल विजयी हुनुभएको छ ।नयाँ कार्यसमितिको अध्यक्ष, उपाध्यक्ष र ४ जना सदस्य चयनको लागि भएको मतदानमा धिताल अध्यक्षकी प्रत्यासी गंगा शिवाकोटीलाई एक मतले पराजित गर्दै विजयी हुनुभएको हो । धितालले ५७ र शिवाकोटीले ५६ मत प्राप्त गर्नुभएको थियो । अध्यक्ष पदका अर्का उम्मेदवार अमृतराज उपे्रतीले भने २८ मत पाउनुभएको थियो ।त्यसैगरी महिला उपाध्यक्ष पदमा प्रमिलाकुमारी नेपाल ६४ मतका साथ विजयी हुनुभएको विजयी हुनुभएको छ । उहाँकी निकटम प्रतिद्धन्दी लक्ष्मी चौलागाईले ३४, धनमाया लामाले ३३ मत र बबिताकुमारी सापकोटाले १८ मत पाउनुभएको थियो ।कार्यसमितिको सदस्यमा विष्णुु खडकाले १०१, टेकबहादुर भण्डारी ७२, गणेश भण्डार ६९ र छेवाङ्ग नर्र्वा लामा ६२ मत पाएर विजयी हुनुभएको छ ।अध्यक्षसहित महिला उपाध्यक्ष र ४ जना सदस्यहरुको चयनमा सहमति हुन नसकेपछि शनिवार मतदान भएको थियो । कार्यसमितिको सचिवमा मोहनबहादुर डिसी, कोषाध्यक्षमा सुभद्राकुमारी पौडेल, उपसचिवमा बासुदेव तिमल्सिना र उपकोषाध्यक्ष पदमा गणेशबहादुर क्षेत्री यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।कुल २ सय १८ मतदात रहेको निर्वाचनमा १ सय ४७ ले मतदान गरेका थिए । विजयी पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक संन्तोष नेपालले शनिवार नै पद तथा गोपनीयताको सपथ गराउनुको साथ निवर्तमान अध्यक्ष नारायण उप्रेतीले पदभार ग्रहण गराउनुभएको थियो ।
नयाँ नेतृत्व चयनको लागि शनिवार बिहान १० बजेबाट दिउसो १ बजेसम्म मतदान कार्य भएको थियो ।

Leave a Reply