काठमाण्डौ – थ्री स्टार क्लबलाई हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा बिहीवार भएको दोस्रो सेमिफाइनलमा ब्ल्याक बुल्सले थ्री स्टारलाई ४–० गोलले हरायो ।
अब ब्ल्याक बुल्सले उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ । बुधवार भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई हराउँदै पुलिस फाइनलमा पुगेको थियो । फाइनल खेल शनिवार हुनेछ ।२४औं संस्करणको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।