नरेश गुप्ता

बरियारपुर,बाराको कलैया, जीतपुरसिमरा र कोल्हबी नगरपालिकाका सामुदायिक विद्यालयमा साउन १ गतेदेखि बर्षे बिदा हुने भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र कोल्हबी नगरपालिकाले बिहीवार सूचना जारी गर्दै साउन १ बाट सामुदायिक विद्यालयमा बर्षे विदा दिएका हुन ।

कलैया उपमहानगरपालिकाले असार १८ गतेको निर्णयअनुसार साउन १ गतेदेखि ३० गतेसम्म बर्षे बिदा दिएको शिक्षा शाखाका संयोजक प्रह्लाद बर्णवालले जानकारी दिनुभयो । जीतपुरसिमराले भने नगर शिक्षा समितिको निर्णय अनुसार साउन १२ गतेदेखि लागु हुने गरी २० दिनका लागि बिदा दिएको सूचना जारी गरेको छ ।

त्यसैगरी कोल्हबी नगरपालिकाले पनि साउन १ बाट बर्षे बिदा दिने भएको छ । कोल्हबीले साउन २० गतेसम्मको लागि विद्यालय बन्द गर्न लागेको हो ।

जिल्लामा महागढीमाई नगरपालिकाले पनि शुक्रवार सूचना निकालेर बर्षे विदाको घोषणा गर्ने नगरपालिका शिक्षा शाखा संयोजक रामबिश्वास चौरसियाले बताउनुभयो । जिल्लाका पालिकाका सामुदायिक विद्यालयहरुमा पनि साउन १ गतेदेखि बर्षे बिदा दिने तयारी भएको बताइएको छ ।

Leave a Reply