आरके राजन
सिम्रौनगढ,नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको भेला आइतबार बारगढी गाउँपालिकामा सम्पन्न भएको छ । भेला गाउँपालिक वडा नं.४ स्थित नागरिक आरोग्य स्वास्थ्य केन्द्रको सभा कक्षमा सम्पन्न भएको हो ।समाजका जिल्ला अध्यक्ष नेथु सहनीको अध्यक्षता भएको भेलाले सिम्रौनगढ हुने ऐतिहासिक चैत नवमी मेलामा आयुर्वेद सेवा अन्तर्गतका निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरिएको छ ।स्वास्थ्य शिविर आयुर्वेद सेवा सिम्रौनगढ शाखाको आयोजना गरिनेछ । सो शिविर चैत्र १५ गते देखि १७ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ । भेलामा समाजका पदाधिकारी, सदस्य लगायत स्थानीयको समेत उपस्थिति रहेको थियो ।

















