कलैया,विश्रामपुर गाउँपालिका– १, घोडासहन, नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा अतिक्रमण गरी बनाइएका अस्थायी संरचना घर टहराहरूलाई सशस्त्र प्रहरी बल बाराले हटाएको छ ।तीन महिनाअगाडि नै दशगजाको सीमा क्षेत्रमा बनेका संरचनाहरूलाई नाप नक्सा गरी खाली गरिने सूचना टाँस गरिएको भए पनि सम्बन्धित पक्षहरूले आफैं हटाउन अटेरी गरेपछि बिओपी बरैनिया, एफओबी छतवा र प्रस्तावित सीमा सुरक्षा गुल्म मटिहर्वाको संयुक्त टोलीले शुक्रवार डोजर प्रयोग गरी घर टहरा हटाउने कार्य सम्पन्न गरेको हो ।

अतिक्रमित सीमा क्षेत्र खालि गराउने क्रममा कुनै वादविवाद नभएको र स्थानीय बासिन्दाहरूले स्वइच्छाले सशस्त्र प्रहरी बललाई सहयोग गरेको सशस्त्र प्रहरी बल न.१२ गण हेडक्वाटर बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिनुभएको छ ।केसीका अनुसार, दशगजा क्षेत्रमा नेपाल र भारतका बासिन्दाहरूले बनाएका संरचना हटाउने अभियान अन्तर्गत यो कारबाही गरिएको हो ।

Leave a Reply