सिमरा, बाराको जीतपुरसिमरा उपमहानगरालिकाको पाँच दलीय गठबन्धनको बैठक बसेर गठबन्धनको केन्द्रीय तहमा भएको निर्णय अनुसार नै चुनावमा सहभागी हुने सहमति गरेका छन् ।
नेपाली काँग्रेस जीतपुरसिमरा उपमहानगरापलिकाका नगर सभापती छविलाल पौडेलको अध्यक्षतामा बसेको बैठकले पाँच दलीय गठबन्धनको तर्फबाट केन्द्रीय तहमा भएको निर्णय बमोजिम उपमहानगरपालिकाभित्र नेकपा माओवादी केन्द्रका प्रमुख र नेपाली काँग्रेसका उपप्रमुख भएकोमा केन्द्रीय निर्णय अनुसार अघि बढ्ने निर्णय भएको हो ।
केन्द्रीय गठबन्धनलाई नमान्ने भन्दै आएको नेपाली काँग्रेसको नगर समितिले यसअघि जनमोर्चा र जसपासँग सहकार्य गर्ने बताउदै आएको थियो । अहिले जसपा र जनमोर्चाद्धारा भएको उम्मेद्वारी फिर्ता गरी गठबन्धनको केन्द्रीय निर्णय बमोजिम अघि बढ्ने निर्णय गरेको हो ।
यसैगरी पालिकाभित्र वडा तहमा एकल उम्मेद्वार खडा गर्न नसकी आ–आफ्नैं तर्फबाट उम्मेदवारी परेकोले गठबन्धनभित्रका दलहरुबीच स्वस्थ प्रतिस्पर्धा गर्ने निर्णय भएको छ । साथै निर्वाचन सम्पन्न भइसकेपछि मनोनित हुने कार्यपालिका सदस्यहरुको निर्वाचनमा निर्वाचित सदस्यभन्दा बाहिरबाट उम्मेद्वार बनाउदा राष्ट्रिय जनमोर्चाको एक, जसपा एक र नेकपा एसबाट एक जना बनाउने निर्णय गरिएको छ ।

Leave a Reply